coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बर्दिबास हेल्प फाउण्डेसनद्वारा विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार सहयोग

बर्दिबास हेल्प फाउण्डेसनद्वारा महोत्तरीका पत्रकारका लागि विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजार रुपैयाँ नेपाल पत्रकार महासंघलाई सहयोग गरेका छन्। कोरोनाको दोस्रो लहरबाट अवस्था भयावह बन्दै गएपछि अग्रपंक्तिमा रहेर खटिने संचारकर्मीहरुको सहयोगका लागि फाउण्डेसनका अध्यक्ष प्रह्लाद क्षेत्रीले नेपाल पत्रकार महांसघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डललाई विपद् व्यवस्थापन कोष स्थापनार्थ ५० हजारको चेक हस्तारन्तरण गरेका हुन्।  

महामारीको दोस्रो लहरसंग देश र जनतालाई बचाउन अग्रपंक्तिमा रहेर काम गरिरहेका पत्रकारको हौसल्ला बढाउन र संक्रमित भए उपचारको व्यवस्था मिलाउन विपद् व्यवस्थापन कोष स्थापना गरिएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ।  

जनता माध्यमिक विद्यालय बर्दिबासबाट २०४९ सालमा एसएलसी दिएका पूर्व विद्यार्थीहरुद्वारा गठित बर्दिबास हेल्प फाउन्डेसनले पत्रकार महासंघले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रकम दिने पहिलो संस्था बन्नेका छन्। उक्त कोषमा यथासक्य सरोकारावाला निकायहरुलाई पनि सहयोग उपलब्ध गराउन महासंघले अपिल समेत गरेका छन्।  

महोत्तरीका दुई जना संचारकर्मी कोरोनाबाट संक्रमित भइ होम आइसोलेसनमा रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ।  

कोरोना महामारीबाट आफू, परिवार र समाजलाई हुन सक्ने मानवीय क्षतिबाट बचाई असल नागरिकको परिचय दिन फाउण्डेसनका अध्यक्ष क्षेत्रीले सबैमा अपिल गरेका छन्। ‘विवाह, भोजभतेर, हाटबजार लगायत मानिसको जमघट हुने काम नगरौं र त्यस्ता कार्यक्रममा सहभागी पनि नहौ’, उनले भने,‘कसैलाई पनि कोरोना भएको जानकारी पाएमा आवश्यक सावधानी अपनाएर सहयोग, सद्भाव र उच्च मनोवल कायम राख्न सहयोग गरौ।’

प्रकाशित: ३१ वैशाख २०७८ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App