१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटाङमा एक संक्रमितले जिते कोरोना, फूलको गुच्छासहित स्वास्थ्यकर्मीले गरे बिदाई

खोटाङमा कोभिड–१९ बाट संक्रमित एक जना बिरामी निको भएका छन् । गत वैशाख २१ गते कोभिड–१९ बाट संक्रमण पुष्टि भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ४७ वर्षका पुरुषले कोरोना जितेका हुन् । संक्रमण पूष्टी भएसँगै जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचारमा राखिएका संक्रमितले आठ दिनमै कोरोना जितेका हुन् । बुधबार गरिएको एन्टीजेन परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामिछानेले बताए ।  

कोभिड–१९ लाई पराजित गरेका पुरुषलाई जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले फूलको गुच्छासहित बिदाई गरेका छन् । विश्व नर्स दिवसका दिन कोरोना जितेका संक्रमितलाई दिवसकै अवशरमा नर्स श्रृष्टि  यादवले अबिर लगाइदिएर फूलको गुच्छा प्रदान गर्दै विदाई गरेकी छन् । अस्पताल भर्नाको तीन दिनपछि लक्षणका आधारमा शंका गरेर एन्टीजेन परिक्षण गर्दा उनलाई कोभिड–१९ संक्रमण पूष्टी भएको थियो ।  

सक्रिया संक्रमितको संख्या ७७ पुग्यो  

खोटाङमा बुधबार थप ९ जनालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । रावाबेँसी गाउँपालिकामा ५ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ७७ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामीछानेले बताए ।  

हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३३ जना, हलेसी तुवाचुङ नगरपालिकामा १३ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ७ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा २ जना सक्रिया संक्रमित छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये ४ जना भने अन्यत्र संक्रमण पूष्टि भएपछि नगर भित्रिएका हुन् । २ जना बिहिबार र २ जना बैसाख २७ गते भित्रिएका हुन् । संक्रमितमध्ये अधिकांश होमआइसोलेसनमा र केही भने स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ ।  

संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ । जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।  

हलेसी तुवाचुङ नगरपालिकामा एक जना संक्रमितलाई आइसोलेसन सेन्टरमा लगिएको छ । कोभिड–१९ बाट संक्रमण पुष्टि भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका संक्रमितलाई बुधबार साँझ आइसोलेसन सेन्टर लगिएको हो । संक्रमितको स्वास्यमा थप समस्या देखिन थालेपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित रोयल होटलमा निर्माण गरिएको अक्सिजन सहितको आइसोलेसन पु¥याइएको उपमेयर बिमला राईले बताईन् । हलेसी तुवाचुङ नगरपालिकामा बैसाख २६ गते गरिएको एन्टीजेन परीक्षणमा उनी सहित ११ जनालाई संक्रमण पुष्टि भएको थियो । अक्सिजनका लागि संक्रमितलाई उपमेयर राईले उपलब्ध गराएको गाडीमार्फत आइसोलेसन सेन्टर लगिएको हो ।  

प्रकाशित: २९ वैशाख २०७८ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App