५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

साढे ८२ लाखको हुण्डी रकमसहित चार पक्राउ

प्रहरीले अवैध वित्तयि कारोबार(हुण्डी) गरिरहेका चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा एक नेपाली र तीन  भारतीय रहेका छन्। प्रहरीका अनुसार हुण्डी कारोबारमा संलग्न भएका बारा महागढी नगरपालिका वडा नं. ४ का १८ वर्षका कलामुद्दिन अन्सारी, भारत विहारको मोतीहारी रक्सौलका २७ वर्षीय विकास कुमार, त्यस्तै भारत मोतीहारकीकै २२ वर्षका गुड्डु कुमार र भारत मोतीहारीकै १८ वर्षका साहिल गुप्ता रहेका छन्।

उनीहरुमध्ये कलामुद्दिन अन्सारीबाट २५ लाख रुपैंया र विकास कुमारको कोठाबाट ५७ लाख ५० हजार रुपैंया बरामद गरेको थियो। साथै अभियुक्तहरुसँगै ना ८प ४८९७ नम्बरको डिस्कभर मोटरसाइकल पनि नियन्त्रणम लिएको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

 

प्रकाशित: २९ वैशाख २०७८ ११:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App