८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित २ युवक पक्राउ

दुई लाख मूल्य बरावरको कपडा बरामद

लागुऔषधसहित २ युवकलाई महोत्तरी प्रहरीले मंगलबार पक्राउ गरेकाे छ । गौशाला नगरपालिका ५ बस्ने २९ वर्षीय अक्षयकुमार अर्याल र धादिङ्ग धुनिबेसि नगरपालिका ७ बस्ने ३२ वर्षीय सरोज पाण्डेयलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले बताएका छन् ।  

सम्सीबाट बा ६७ प ४७६६ नम्वरको मोटरसाईकल चढी बर्दिवास तर्फ जाँदै गरेको युवकहरुमाथि शंका लागि औरही नगरपालिका ४ स्थित कठुधारमा चेक जाँच गर्दा उनीहरु साथबाट लागुऔषध बरामद भएको डिएसपी विष्टले बताएका छन् ।  

उनीहरुका साथबाट डाइजलेड ४४ पिस, नुरुफीन ४४ फेनारगन ४३ पिस बरामद भएको हो । पक्राउ परेका दुवै युवकलाई जिल्ला अदालत महोत्तरीबाट लागुऔषध मुद्दामा १० दिने म्याद थप गरि थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।  

यसैबीच कोरोना महामारीको समेत परवाह नगरि भन्सार छलि भारतबाट नेपाल भित्र्याइएको दुई लाख मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।  

सम्सी नगरपालिका ४ मा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ बोरा कपडा तालक २ नं. प्रदेश प्रहरी जनकपुर र प्रहरी चौकी गैढाभेटपुरबाट खटि गएको संयुक्त टोलिले बरामद गरेको हो ।

बोरामा प्याक गरि ल्याइएको उक्त कपडाको बजार मूल्य दुई लाख रहेको र सो कपडा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित: २८ वैशाख २०७८ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App