३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

कांग्रेस गोरखाले पार्टी कार्यालय भवन आइसोलेसन बनाउन दिने

कांग्रेस गोरखाले आइसोलेसन बनाउन दिने भनिएको पार्टी कार्यालय भवन । तस्बिर : नागरिक

नेपाली कांग्रेस गोरखाले जिल्ला पार्टी कार्यालयको भवन आइसोलेसन बनाउन दिने भएको छ। ठाउँ अभावका कारण कोरोना संक्रमितलाई अस्पतालको आँगनमा राखेर उपचार गर्नुपर्ने अवस्था भएकाले जनताको जिवन रक्षाका लागि बिपी गणेशमा स्मृती भवन आइसोलेसनको रुपमा प्रयोग गर्न दिने जिल्ला सभापति हरिबहादुर घलेले बताए।  

‘जनताले उपचार नपाएर मर्ने अवस्था आउनु भएन’ उनले भने, ‘जिल्लामा अन्यत्र ठाउँ नपाएको भन्ने सुनेपछि मैले कांग्रेस पार्टी कार्यालयले दिने निर्णय गरेको हो।’ गोरखा नगरपालिका वडा नम्बर ६ तीनधारेमा रहेको कांग्रेस पार्टी कार्यालय भवनको दुईवटा हलमा आइसोलेसन बनाउन सकिने उनले बताए। कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) का अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले आइसोलेसन बनाउन दिने भनिएको पार्टी कार्यालयको हलको निरीक्षण भईसकेको बताए।  

गोरखा नगरपालिका उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रजिअ पौडेल, सुरक्षा निकायका प्रमुख, गोरखा अस्पतालका डाक्टरसहितको टोलीले कांग्रेस पार्टी कार्यालय भवनको स्थलगत अवलोकन गरिसकेको छ। चिकित्सकले उक्त ठाउँ आइसोलेसन बनाउन उपयुक्त रहेको बताएका छन्।

प्रकाशित: २७ वैशाख २०७८ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App