१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धरानमा दिउँसै लुटपाट गरि हत्या आरोपमा ३ जना पक्राउ

धरानमा घरमा एक्लै बसिरहेकी एक वृद्धालाई लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। घटना भएको करिब दुई सातापछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरि आज आइतबार सार्वजनिक गरेको हो। वैशाख ११ गते बिहान करिब साढे ११ बजे धरान १५ पुर्वेली पथस्थित घरमा एक्लै भएको बेला ८४ वर्षीया गोविन्द माया विश्वकर्मालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका थिए भने नगद तथा गरगहना लुटपाट पनि भएको थियो। उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा वैशाख १९ गते मृत्यु भएको थियो।  

धरान प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा मोरङको पथरी ३ घर भई हाल धरान १५ सुनगाभा मार्ग बस्दै आएका ३८ वर्षीय सन्षोस भन्ने वीरवहादुर परियार, पथरी शनिश्चरे ५ पिपलडाँडा घर भई हाल धरान १० पुतली लाईन बस्ने ३५ वर्षीय सोनी राई र धरान १३ अमरहाटका २९ वर्षीया लक्ष्मी लिम्बुलाई पक्राउ गरेको हो। लुटपाट गरिएको गहनाहरु सोनी राईको बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाएर राख्न दिएको अवस्थामा बरामद गरिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेले जानकारी दिए।  

लुटपाट गर्ने समूहले नगद २ लाख, घरमा रहेको नौगेडी, चुरा, सिक्री, जन्तर लगायत गरगहनासमेत गरि ११ लाख ४० हजार ९ सय ५० बराबरको धनमाल डाका गरेको पीडित परिवारले जनाएको छ। घटनापछि मृतककी बुहारी झरना बिश्वकर्माले कर्तव्य ज्यान र डाँका मुद्दामा जाहेरी दर्ता गरेकी थिइन्। घटनाको बेला बुहारी झरना र उनको छोरा जोहन पूजा गर्नको लागि घरबाहिर गएका थिए। सोही मौकामा लुटेराहरुको समूह घरमा प्रवेश गरेर घटना गराएका थिए।

प्रकाशित: २६ वैशाख २०७८ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App