१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

'अक्सिजन नपाएर अब अरुले मर्न नपरोस्'

अक्सिजन नपाएर मृत्यु भएका परिवारका सदस्यहरुले अबका दिनमा अक्सिजन नपाएर कुनै पनि नेपालीले अनाहकमा मृत्युवरण गर्न नपरुन् भनी शुभकामना व्यक्त गरेका छन् । त्यसका लागि उनीहरुले नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।  

अक्सिजनको अभावमा भक्तपुरमा बिहीबार राति दुईजना कोरोना विरामीको निधन भएको थियो । अरनिको राजमार्ग अन्तर्गत जिल्लाको कौशलटारस्थित भक्तपुर इन्टर्नेशनल हस्पिटलमा उपचाररत दुई जना बिरामीको अक्सिजन अभाबमा निधन भएको थियोे ।  

अक्सिजन सकिन लागेको खबर अगाडि नै भए पनि अक्सिजन खोज्दाखोज्दै नपाएर अक्सिजन अभावमै ती दुईजनाले मृत्युवरण गर्न बाध्य भएका थिए । भक्तपुर नगरपािलका वडा नं ९ कमलविनायक मालपोतका ४९ वर्षीया तुल्सीराम लेवा र अर्का एकजनाको मृत्यु भएको थियो । तुल्सीरामको अस्पतालमै र अर्का एकजनाको अर्काे अस्पताल लैजाँंदालैजाँंदै बाटौमै मृत्यु भएको जनाइएको छ ।  

मृतकमध्येका एक तुल्सीरामका छोरा साजनले अक्सिजनका कारण आफनो पिताले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे । उनले भने, ‘बुबालाई जेसुकै कसर बाँंकी नराखी बचाउने कोशिस गरिरहका थियौं तर अन्तमा अक्सिजन नपाएर बुबाले ज्यान गुमाउनु पर्‍यो ।’

सामान्य किसान परिवार भए पनि दैनिक दसौ हजार खर्च गरेर बुबालाई बचाउन प्रयासरत रहेको उनले सम्झे । उनले इच्छा व्यक्त गर्दै भने, ‘मेरो बुबाले जस्तै अवका दिनमा कसैले पनि अक्सिजन नपाएर मृत्युवरण गर्न नपरोस्, सरकारको यसमा विशेष ध्यान जाओस् ।’  

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे भक्तपुरका प्रमुख कृष्ण मिजारले उपचाररत अस्पतालले अक्सिजन सक्ने वित्तिकै रिफरको लागि अस्पताल खोज्दाखोज्दै नपाएपछि उनीहरुको मृत्यु भएको जनाए । अस्पतालले अक्सिजन जुटाउन सकिएन भन्ने खवर पाएपछि अक्सिजनसहित रिफर गरेको रहेछ, उनले भने । दुईमध्ये एकजना अक्सिजन राखेर नै रिफर गरेको विरामी वितेको उनले जानकारी गराए ।  

यसैबीच अनाहकमा ज्यान गुमेपछि पीडित परिवारले क्षतिपूर्तिको माग गरेका छन् । क्षतिपूर्तिको मागपछि पीडित परिवार र अस्पताल प्रशाशनवीच जिल्ला प्रशासन कार्यालय भक्तपुरमा छलफल भएको थियो । छलफलपछि दुई पक्षबीच तीनबुँंदे सहमति भएको छ । सहमतिमा अस्पतालले अक्सिजन अभाबमा मृत्यु भएको स्वीकार गरेको छ । विहानदेखि अक्सिजन खोजेको खोजे भए पनि रातिसम्म अक्सिजन भेटाउन नसकेको वार्तामा सहभागी अस्पताल प्रशाशनका पदाधिकारीहरुले बताएका थिए । त्यसकारण दोषिमाथि कारबाही गर्ने सहमति भएको छ ।

प्रकाशित: २५ वैशाख २०७८ ०४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App