१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कोभिडका कारण मृत्यु भएमा २५ लाख क्षतिपूर्ति दिने

सरकारले कोभिड १९ को कारण मृत्यु भएमा क्षतिपूर्ति स्वरुप २५ लाख रुपैयाँ  दिने भएको छ। प्रदेश नं. १ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो। बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको कोभिड १९ को कारण मृत्यु भएमा उसको परिवारलाई क्षतिपूर्तिस्वरुप रकम प्रदान गर्ने निर्णय गरेको हो। त्यसरी दिइने रकम नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी दिइने भएको छ।

त्यस्तै बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका चिकित्सक, स्वास्थ्यर्की, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको कोभिड १९ बाट संक्रमित भई बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने तथा कोभिड १९ संक्रमित भई होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभई घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सबै खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।

बैठकले कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वाा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र, बिराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुलाई सुरु तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको छ। 

प्रकाशित: २२ वैशाख २०७८ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App