२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कोरोना संक्रमितलाई स्थानीय तहले पाँच हजार दिने, बढ्यो अग्रपंक्तिमा खटिने कर्मचारीको भत्ता

फाइल तस्बिर

सुर्खेतको भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिकाले कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत विरामीलाई पाँच हजार नगद सहयोग गर्ने निर्णय गरेका छन्।

दुबै पालिकाले अस्पतालमा भर्ना भएका एन्टिभाइरल खोप लगाउनुपर्ने गम्भीर विरामीका आफन्तलाई पाँच हजार नगद सहयोग गर्ने निर्णय गरेका हुन्।  

‘हाल उपचाररत कतिपय बिरामीका आफन्तहरुले एन्टिभाइरल खोप खरिद गर्नसमेत नसक्ने अवस्था देखिएकाले तत्कालका लागि त्यस्ता बिरामीका आफन्तलाई पाँच हजार नगद सहयोग गर्ने निर्णय भएको छ,’ भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले भनिन्, ‘आवश्यकताअनुसार पालिकाबाट कोरोना संक्रमित बिरामीलाई अन्य सहयोग पनि हुन्छ ।’

चिंगाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्दले अस्पतालका भर्ना भएको प्रमाणका आधारमा नगद सहयोग गर्ने निर्णय गरिएको बताए। उनले अस्पतालमा अक्सिजन बाहेकको सेवा बिरामीहरुले नपाउने भएकाले चिंगाड गाउँपालिकाबाट प्रदेश अस्पतालमा उपचार गराइरहेका बिरामीहरुका लागि नगद सहयोगको नीति लिइएको बताए। ‘पालिकाले गरेको सहयोगबाट बिरामीलाई पोषिलो खान, औषधि किन्नलगायतमा सहज हुन्छ,’ उनले भने, ‘आर्थिक अवस्था कमजोर भएका गम्भीर प्रकृतिका बिरामीहरुका लागि थप सहयोगको लागि छलफल भइरहेको छ।’

दुबै पालिकाले अस्पतालसम्म्म कोरोना संक्रमितलाई निःशुल्क पु¥याउने व्यवस्था पनि गरेका छन्। भेरीगंगा नगरपालिकाले न्यून आय भएका कोरोना संक्रमित र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुलाई प्रदेश अस्पतालसम्म निःशुल्क पु¥याउने र त्यसवापत लागेको खर्च कोरोना कोषबाट उपलब्ध गराउने निर्णय गरेको छ।

यस्तै अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई दुबै पालिकाले प्रोत्साहन भत्ताको व्यवस्थापन गरेका छन्। स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत, ल्याव कर्मचारी र एम्बुलेन्स चालकलाई ८० प्रतिशत तथा अन्य कर्मचारीलाई ५० प्रतिशतका दरले भत्ताको व्यवस्था गरिएको उपप्रमुख आचार्यले जानकारी दिइन्। 

प्रकाशित: २२ वैशाख २०७८ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App