१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा कोरोना संक्रमित बढ्दै, मास्क नलगाउनेलाई धमाधम कारबाही

रौतहटमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढिरहेको छ। आइतबार ११ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या डेढ सय नाघेको हो ।  

रौतहटमा सबैभन्दा बढी संक्रमित सदरमुकाम गौरमा रहेको छ। जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार गौर नगरपालिकामा ३७, चन्द्रपुर नगरपालिकामा ३३, गरुडा नगरपालिकामा १४, राजदेवी नगरपालिकामा १०, दुर्गा भगवती गाउँपालिकामा ९ तथा अन्य जिल्लाका ९ जना रहेका छन्।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि मास्क नलगाई हिँड्नेलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम कारबाही  गर्न थालेको छ।

जिल्लाका विभिन्न प्रहरी युनिटले मास्क नलगाई यात्रा गरिरहेका करिब डेढ सय जनालाई कारबाही गरेका छन्।आइतबार ३१ महिलासहित १५२ जनालाई कारबाही गरी जनही एक सय रुपियाँ जरिवाना गरेको प्रहरीले जनाएको छ। जरिवानाबाट प्रहरीले १५ हजार दुईसय रुपियाँ राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार छ सय सतसठी जनालाई मास्क वितरण गरेको छ।

प्रकाशित: १९ वैशाख २०७८ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App