१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकार तथा सञ्चार माध्यमलाई महासंघको मास्क र सेनिटाइजर

हलेसीखबर डकमका सम्पादक हरिबोल आचार्यलाई मास्क र सेनिटाइजर वितरण गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री (दायाँ) । तस्बिर : दमन राई/नागरिक

नेपाल पत्रकार महासंघ शाखा खोटाङले पत्रकार तथा सञ्चार माध्यमलाई मास्क र सेनिटाइजर वितरण गरेको छ । महासंघले कोभिड–१९ को महामारीका क्रममा जोखिम मोलेर समाचार सम्प्रेषण गरिरहेका जिल्लाका पत्रकार तथा सञ्चार माध्यमलाई मास्क तथा सेनिटाइजर वितरण गरेको हो ।

शनिबार खोटाङखबर साप्ताहिकको कार्यालयमा पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य लगायतले पत्रकार तथा सञ्चार माध्यमलाई स्वास्थ्य सरसफाईका सामग्री हस्तान्तरण गरेका छन् । दिनानुदिन रिपोर्टिङमा हिँडिरहनु पर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क र सेनिटाइजर प्रदान गरिएको महासंघका अध्यक्ष खत्रीले बताए ।  

महासंघले जिल्ला स्वास्थ्य कार्यालयले उपलव्ध गराएको चार बोत्तल सेनीटाइन र तीन सय थान मास्क पत्रकार तथा सञ्चार माध्यमलाई वितरण गरेको जनाएको छ । यसैबीच, नेपाल पत्रकार महासंघले दिक्तेलबजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ । कृषिविज्ञ मदन राईले निःशुल्क जग्गा उपलव्ध गराएको रत्नपार्कस्थित जग्गामा कच्ची भवन भए पनि सहजताका लागि खोटाङखबर साप्ताहिक र हिमाल एफएमको सम्पर्क कार्यालयमुनि महासंघको सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

महासंघको सम्पर्क कार्यालय सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्यले बोर्ड राखेर स्थापना सुरुवात गरेका हुन् ।

प्रकाशित: १८ वैशाख २०७८ १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App