१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोनाले लियो गर्भवतीको ज्यान

फाइल तस्बिर

कोरोना संक्रमणबाट दैलेखमा एक गर्भवतीको मृत्यु भएको छ । नारायण नगरपालिका वडा नं.६ स्थायी घर भएकी २७ वर्षीया गर्भवतीको मृत्यु भएको हो।

उनको चैत्रको २८ गते बच्चा जन्मिने समय डाक्टरले दिएका थिए। डाक्टरले बच्चा जिल्ला जन्माउन नसक्ने त्यसको लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरेको थिए।

यति लामो समयसम्म पनि उनी घरमै बसेको र अन्तिम समयमा उनी जिल्ला अस्पताल आएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले बताए।

जिल्ला अस्पतालमा उनको कोरोनाका कारण मृत्यु भएको रेग्मीले बताए । ‘लामो समयपछि डेलिभरीका आएकी भर्ना भएकी थिइन,’रेग्मीले भने, ‘कोरोना संक्रमणका कारण न डेलिभरी भयो, न उनको ज्यान नै बच्यो ।’

उनको श्रीमान कामका लागि भारतमा गएका छन् । यो सगै दैलेखमा पछिल्लो कोरोना कहरबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित: १७ वैशाख २०७८ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App