११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

आइसीयुमा भर्नाको पालो कुर्दाकुर्दै संक्रमितकाे मृत्यु

लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सि वार्डमा राखिएका बुटवलका एक जना काेराेना संक्रमित पुरुषको आज मृत्यु भएको छ । १६ गते संक्रमण पुष्टि भएर काेरोना विशेष अस्पतालको आइसीयुमा भर्ना हुने पालो कुर्दाकुर्दै बुटवल ११ का ८३ वर्षीय पुरुषको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए ।

१६ गते संक्रमण पुष्टि भएका ती संक्रमितलाई तत्कालै आइसीयुमा राख्नु पर्ने भएपनि बेड अभाव हुँदा सामान्य अक्सिजनको भरमा मात्रै बचाउन नसकिएको डा. गौतमले बताए । याेसंगै रुपन्देहीमा कोरोना संक्रमणबाट १ सय ८८ को मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म २ हजार ५५२ जना संक्रिय संक्रमित छन् । 

बुटवल भैरहवाका कोभिड अस्पतालहरु संक्रमितले भरिएका छन् । अस्पतालहरुमा बेड अभाव भएपछि गम्भीर लक्षणसहितका संक्रमितहरुले उपचार नपाएरै ज्यान गुमाउने अवस्था आएको हो । यहाँका अस्पतालहरुमा बेडसंगै अक्सिजनको समेत अभाव भएको छ ।

प्रकाशित: १७ वैशाख २०७८ ०८:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App