१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला प्रवेश गर्न पिसिआर र एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य

अन्यत्र जिल्लाबाट डोल्पा प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने भएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्ला प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी तथा संकट व्यवस्थापन केन्द्रका अध्यक्ष माधवप्रसाद ढकालको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाको प्रमुख आथित्यतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।  

नेपालगन्ज डोल्पाको हवाई उडानबाट डोल्पा जुफाल विमानस्थलमा आएका ४२ जना यात्रुको नमुना रुपमा एन्टिजेन परीक्षण गर्दा तीनजनामा कोरोना पोजिटिभ देखिएपछि बैशाख २० गतेदेखि लागु हुने गरि अर्को निर्णय नभएसम्मको लागि सवारी साधन, हवाई जहाज, हेलिकप्टेर तथा अन्य माध्यमबाट डोल्पा प्रवेश गर्दा ४२ घण्टाभित्रको पिसिआर वा एन्टिजेन परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

यसैगरि जिल्ला बाहिरबाट भित्र आउने ब्यक्तिहरुलाई कम्तिमा १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नका लागि सम्बन्धित वडाध्यक्षहरुले व्यवस्था गर्ने र सो को अनुगमन सम्बन्धित पालिका र जिल्ला समन्वय समितिले गर्ने छ। बैशाख १७ ,१८ र १९ गते जुफाल एयरर्पोट र खदाङ्ग हुँदै आउने सम्पुर्ण यात्रुको एन्टिजेन परीक्षणको व्यवस्था स्वास्थ्य सेवा कार्यालयले अनिवार्य रुपमा गर्ने निर्णय समेत संकट ब्यवस्थापन केन्द्रको बैठकले गरेको छ।

प्रकाशित: १६ वैशाख २०७८ १२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App