१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङको दुर्घटनामा मर्नेको संख्या नौ पुग्यो

ताप्लेजुङ—ताप्लेजुङको दोखु गाविसमा सोमबार भएको ट्याक्सी दुर्घटनामापरी मृत्यु हुनेको संख्या ९ पुगेको छ। ८ जनाको घटनास्थलममै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटामा मृत्यु भएको हो।

मृत्यु हुनेमा पाचथर फिदिम घरभई फुङलिङ ४ ताप्लेजुङ बजारमा व्यवसाय गर्दै आएका खगेन्द्र श्रेष्ठ, गाडी चालक तिरिङगे ताप्लेजुङका श्याम लिम्बु, कालिखोला ४ की २२ बर्षिय सर्मिला कटुवाल, निजका ५ वर्षिया छोरी दिक्षा कटुवाल, लिंखिम ताप्लेजुङका बालध्वज लिम्बु, लिखिंम ८ ठौवाकी दुर्गा रिजाल, सोही गाविस वाड्नं ३ कै सविना लिम्बु र सुभाङ ६ पाँचथरका अर्जुन ओझा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

एकजना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये सबै ११ जनालाई उपचारका लागि जिल्ला बाहिर लगिएको छ । घाईतेहुनेमा सह चालक दोखुका निमा शेर्पा, लिङखिम ३ का सन्तोष लिम्बु, सोहि ठांउका युवराज लिम्बु, निसा लिम्बु, लोकमणि लिम्बु र पाँचथर सुभाङ ५ का रोशन ओझा, सोहीठाउका तारा ओझा, कालिखोला ४ का घनश्याम कटुवाल, समिक्षा कटुवाल, राजन श्रेष्ठ, फुङलिङ ४ का नरेन्द्र दाहाल र धरानका रञ्जीत प्रधान रहेका छन्। अस्पतालका डाक्टर अनिल चौधरीका अनुसार अधिकांशको टाउकामा गंभिर चोट लागेको छ । धेरैको हात खुट्टा भाँचिएको छ । मे १ ज १४३७ नं को पिकअप भ्यान दिउसो ३ वजेतिर धुसेनी भीरमा पल्टिएको थियो । भ्यान आइतबार सा"झ सातबजेतिर पा"चथरको फलैंचा गइ सोमबार फर्केको थियो ।

यसैबीच आफ्ना उद्यमी गुमाएको र जिल्लाकै सबैभन्दा ठूलो दुर्घटना भएको भन्दै ताप्लेजङ उद्योग बाणिज्य संघले शोक मनाउन भन्दै आज एकदिनका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा बन्दको आवहन गरेको छ । यता सेसम्बु आमबोटे सडक खण्ड पनि आज एक दिनका लागि बन्दको आवहन गरिएको छ । मृतक श्रेष्ठ यो सडक खण्ड निमार्ण समितिका कोषाध्यक्ष थिए ।दुर्घटनामा परेका लिखिंमका यात्रु भने बिहे सकेर पांचथरको अमरपुरबाट चढेका थिए ।

प्रकाशित: ११ कार्तिक २०७० २२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App