१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

भारतीय दूतावासद्वारा ३९ एम्बुलेन्स प्रदान

तस्बिर: काठमाडौंस्थित भारतीय दूतावासको फेसबुक पेजबाट।

काठमाडौंस्थित भारतीय दूतावासले विभिन्न जिल्लामा रहेका सरकारी तथा गैरनाफामूलक संघसंस्थालाई ३९ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। दूतावासले बिहीबार एक कार्यक्रमबीच ती सवारीसाधन सहयोग गरेको हो।

ग्रामीण क्षेत्रमा स्वास्थ्यको पहुँच विस्तार गर्न भारतीय राजदूतावासले लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरूलाई प्रत्येक वर्ष एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ। दूतावासले हाल सञ्चालन भइरहेको इन्डिया एट ७५ को अवसरमा एम्बुलेन्स र स्कुल बसको हस्तान्तरण गरेको हो। सन् १९९४ यता भारतीय राजदूतावासले झन्डै ८ सय ६२ वटा एम्बुलेन्स प्रदान गरिसकेको छ।

यो वर्ष दूतावासले बिरामीलाई सेवा प्रदान गर्ने विभिन्न सुविधाका आधारमा तीन किसिमका एम्बुलेन्स प्रदान गरेको छ। ती एम्बुलेन्स नेपाल सरकारले तोकेको मापदण्डअनुसार निर्माण गरिएका हुन्। दूतावासले हालसम्म १ सय ६६ वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ।  

स्वास्थ्य सेवा त्यसमा पनि विशेष गरी आपतकालीन स्वास्थ्य सेवा र विद्यार्थीहरूको विद्यालयसम्मको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएको छ।

प्रकाशित: १० वैशाख २०७८ ०३:१७ शुक्रबार

भारतीय दूतावास एम्बुलेन्स प्रदान