१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करेन्ट लागेर भक्तपुरमा एकको मृत्यु

करेन्ट लागेर भक्तपुरमा एकजनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका वडा नं. २ कुन्चोक घर भई हाल भक्तपुरको राधे राधे बस्ने वर्ष २० को संजीव भारतीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरको सल्लाघारीस्थित आकाशे पुल नजिकको घरमा जडान गरिएको केवल बिग्रीएर मर्मत गर्नका लागि गएका केवल अपरेटर भारतीको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय भरतलाल श्रेष्ठको ६ तला पक्की घरमाथिको रेलिङमा केवल लाईनको तार समातेर चेक गर्दा करेन्ट लागेर भारतीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार केवल अपरेटर मृतक भारतीसँगै गएका सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. १ घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष ३२ का रोहित तामाङ केवल जोडिएको पोलमा चढेका थिए ।  

घरको छतबाट खसेर घाइते भएका भारतीलाई उपचारका लागि डा.ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए ।

प्रकाशित: ७ वैशाख २०७८ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App