१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरी र चट्याङको सम्भावना कायमै

मौसमविद्हरूले सोमबारदेखि काठमाडौं उपत्यकामा हावाहुरी चट्याङ र वर्षाको सम्भावना कम भए पनि प्रदेश १ र गण्डकी प्रदेशका पाहाडी भूभागहरूमा आइतबार झैं हावा हुरी,वर्षा, चट्याङ र केही ठाउँमा असिना पर्ने सम्भावना रहेको बताएका छन्।

मौसमवीद् वरुण पौडेलले स्थानीय वायु सक्रिय भएको कारण काठमाडौं लगायत देशभर यस्तो स्थिति आएको बताए। ‘अहिले मनसुन सुरु हुनु भन्दा अघिको गतिविधि हो। यस्तो अवस्था मौसम सक्रिय नहुँदासम्म जारी रहन्छ,’ पौडेलले भने, ‘त्यसैले एक दुईदिन मौसम सफा भए जस्तो हुन्छ। फेरि हावाहुरी, वर्षा आउन क्रम जारी रहन्छ।’  

महाशाखाका अनुसार सोमबार पाहाडी भूभागमादेशको सुदूरपश्चिम प्रदेश, कर्णाली तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली बाँकी भूभागमा आंशिक बदली रहनेछ। सोमबार देशको सुदूपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा अपराह्नपछि मेघगर्जन र चट्टयाङ् र हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०७८ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App