२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बर्सेनि जल्छन् कर्णालीका बस्ती

तस्बिर नागरिक

गत चैत २१ गते जुम्ला तिला गाउँपालिका ९ को मुल्ली बस्ती आगलागीबाट खरानी भयो । मानवीय क्षति भने भएन । तर घरभित्र रहेको अन्नपात पुरै जल्यो । मुल्ली अन्न भण्डारका रुपमा रहेको थियो । आगोले बस्तीभित्रका २९ घर जलेर नष्ट भए । स्थानीय बिचल्लीमा छन ।  

यसअघि जुम्ला तिला गाउँपालिका ७ स्थित गोठी बस्तीमा आगो लागेको थियो । खाना पकाउदै गर्दा चुलोबाट निस्केको झिल्को सुकेको घाँसमा पुगेपछि बस्ती नै जल्यो । २९ घर जले । पशुचौपाय जलेर खरानी भए । तर मानवीय क्षति भएन ।  

कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका अनुसार चालु आर्थिक वर्षमा कर्णालीका आगलागीबाट १ सय १० घर पुर्ण रुपमा जलेर नष्ट भएका छन । कर्णालीका १० वटै जिल्ला आगोले प्रभावित बने ।  

प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले भने, ‘२ सय ३३ घरमा आंशिक क्षति भएको बताए । आगोमा जलेर  १५ जना घाइते भए । २ सय १५ वटा पशु चौपायाको मरे ।  आगोले कर्णाली निकै जल्यो । अहिले पनि कर्णालीका बनपाखा, जंगल जलिरहेको छ । ’

आगलागीबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । चालू आर्थिक वर्षको चैतसम्म सुर्खेतमा २ करोड ५६ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल क्षति भयो । दैलेखमा १ करोड ३५ लाख ८ हजार ५ सय, जाजरकोटमा ८१ लाख ४६ हजार ५ सय, सल्यानमा ४७ लाख ३८ हजार, रुकुम पश्चिममा ३३ लाख ९४ हजार बराबरको धनमाल क्षति भएको उनले बताए ।  

कालिकोटमा ६५ लाख ७८ हजार रुपैयाँ, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार रुपैयाँ बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालयका एसएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए । ‘यो वर्ष बाक्लो हिमपात र वर्षा नभएकाले आगलागीका घटना बढेका हुन्,’ एसएसपी ठकुरीले भने, ‘आगलागीका अधिकांश घटना मान्छेकै लापरबाहीका कारण भएको पाइएको छ ।’ मानवीय कारणले हुन सक्ने आगलागीबाट बचाउन जनचेतना मुलक कार्यक्रम गर्न जरुरी छ ।  

कर्णालीमा १ वर्षे अवधिमा आगलागीका घटनामा परेर ११ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७७÷८८ को चैत मसान्तसम्म कर्णालीका १० वटै जिल्लामा भएको आगलागीका घटनामा ११ जनाको ज्यान गएको हो ।  

आगलागीबाट १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगलागीका घटनामा परी सबैभन्दा बढी मानवीय क्षति कालीकोटमा भएको छ । कालीकोटमा ६ जनाको मृत्यु भएको हो । सुर्खेतमा २ जना, रुकुम पश्चिम, सल्यान, र मुगुमा १–१ जनाको मृत्यु भएको छ ।  

प्रकाशित: ४ वैशाख २०७८ १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App