१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

नदीमा डुबेर युवकको मृत्यु

खोटाङमा नदीमा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ। दुधकोसीमा पौडी खेल्नेक्रममा बराहपोखरी गाउँपालिका–३ साउनेचौंर सिन्ताङका १७ वर्षीय मोहनचन्द्र राउतको मृत्यु भएको हो। 

राउतको बिहीबार दिउँसो नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। दुई जना साथीसँग नदीमा पुगेका राउतको शव पानीभित्रको ढुंगाको चेपमा अड्किएको अवस्थाबाट निकालिएको साउनेचौंरका वडाध्यक्ष शम्भु निरौलाले बताए।  

पौडी खेल्न नजान्ने उनी केही समय दुई जना साथी पौडी खेलेको तस्बिर खिचेर बसिरहेका थिए। दुई जना साथी पौडी खेल्दै भंगालो तरेर नदीको बीचको टापुमा पुगेपछि राउत पनि पौडी खेल्न नदीमा पसेको प्रत्यक्षदर्शीको भनाइ छ। नदीमा पस्नुअघि उनले दुई जना साथी पौडी खेलिरहेको तस्बिर फेसबुकमा अपलोड गरिसकेको पाइएको अध्यक्ष निरौलाले बताए। 

तस्बिर खिच्न छाडेर पौडी खेल्न नदीमा पस्ने वित्तिकै डुबेका राउतलाई निकाल्नका लागि लागि दुई जना साथी पौडेर आउँदा–आउँदै उनी पानीमा बेपत्ता भएका थिए। उनको शव डुबेको ठाउँभन्दा केही तल भेटिएको थियो। घट्नाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७८ १४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App