१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उठेन विस्केटको ५५ हात लामो लिंगो

यस पटक रातभरको निरन्तर प्रयासपछि पनि भक्तपुरको भेलुखेलमा ५५ हात लामो लिंगो उठाउन असफल भएको छ। मंगलबार साँंझ साढे पाँंच बजेबाट तान्न सुरु गरिएको लिंगो राति १२ बजेसम्मको अनवतर प्रयासपछि पनि उठाउन सकिएन।  

मंगलबार राति ११ बजेसम्म पुग्दा लिंगोलाई आधा उठाउन सफल भएको थियो। त्यसपछि पनि सयौं युवाले उठाउन निरन्तर प्रयास गरेका थिए। तर फेरि उठेको पनि ढल्यो। यसपछि उठाउने प्रयास छोडेका थिए।  

निर्धारित दिनमै लिंगो उठाउन नसकिएको यो धेरै वर्षपछिको वर्ष हो। यसअभि सामान्यतया निर्धारित दिनमै लिंगो उठाउन सफल हुन्थ्यो। प्रत्येक वर्षको अन्तिम दिन उठाउनुपर्ने लिंगो यो वर्ष नयाँं वर्ष सुरु भइसक्दा पनि बुधबार विहानसम्म उठन सकेको छैन।  

मंगलबार उठाउन नसकिएको लिंगोलाई आज बुधबार साँंझ पुनः उठाइनेछ। त्यसपछि उठाएको एक दुई घण्टामै त्यसलाई आजै ढालिनेछ। कुनै वर्षको अन्तिम दिन उठाउन नसक्दा त्यसको भोलिपल्ट साँंझ उठाउने र त्यही दिन ढाल्ने गरिन्छ। उठाइएको यो लिंगोलाई प्रत्येक वर्ष नर्याँ वर्षको बैशाख १ गते साँंझ ढालिन्छ। पहिलो दिन उठाउन नसकिएको इतिहास रहे पनि दोश्रो दिन पनि उठाउन नसकेको इतिहास भने छैन। पहिलो दिन उठाउन नसकिए दोश्रो दिन नै उठाउने र त्यही दिन ढाल्ने गरिएको इतिहास छ।  

लिंगो नउठे पनि साविक जस्तै त्यहाँं दिनभर मेला लागेको हुन्छ। मेला भर्न आउनेहरुको दिनभर मेला लागेको हुन्छ। मेला भर्न दिनभर काठमाडौं उपत्यकासहितबाट हजारौ मानिस यहाँं आउने गर्दछन्।  

यसअघि मंगलबार नै विहान भक्तपुरको पोटरी स्क्वायरमा हात नभएको लिंगो उठाएको थियो। यस्तै मध्यपुर थिमिको बोडेमा पनि हात नभएको लिंगो उठाएको थियो।  

कोरोनाका कारण जात्रालाई व्यवस्थित गर्न भक्तपुर नगरपालिकाले यो वर्ष तालिका नै बनाएको थियो। तर तालिका अनुसार पाँंच बजेभित्र लिंगो उठाइसक्ने उल्लेख भए पनि समय तालिका अनुसार काम हुन सकेन। भीडले गर्नुपर्ने काम भएकाले निश्चित समयमा काम हुन नसकेको हो।  

भक्तपुरको विस्का जात्रा शनिबारदेखि सुरु भएको थियो। भक्तपुर नगरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो। प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीनतल्ले काठैकाठले नाएको करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ भएको थियो। 

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ। आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण यही हात भएको लिंगो उठाउनु हो। यो वर्ष किन लिंगो उठाउन सकिएन यसको विश्लेषण हुनु आवश्यक रहेको स्थानीय बताउँछन्।

प्रकाशित: १ वैशाख २०७८ ०६:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App