१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु

कैलालीको गोदावरीमा निर्माणाधीन सेप्टी ट्याङ्कीमा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ।

बाजुराको बुढीगंगा नगरपालिका–७ घर भएर मामाको घर बस्दै आएकी ५ वर्षीया बालिका शशिका मल्ल केसीको मृत्यु भएको हो।

गोदावरी नगरपालिका–४ को बाँस्कोटामा निर्माणाधीन सेप्टी ट्याङ्कीमा खसेर मंगलबार बालिकाको मृत्यु भएको प्रहरीले बताएको छ।

मंगलबार दिउँसो खेल्ने क्रममा निर्माणाधीन सेप्टी ट्याङ्कीको खाल्टोमा खसेकी थिइन्। खाल्डोमा डुबेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ असार २०८३ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App