कपिलवस्तु बाणगंगा नगरपालिका– ९ जिनुवा स्थित एक सामुदायिक वनबाट ५ नाल भरुवा बन्दुक फेला परेको छ।
कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक फेला परेको हो।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय पिपराको टोलीले वनमा सो बन्दुक फेला पारेको प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।
फेला परेका बन्दुकमध्ये ३ नाल साबुत अवस्थामा रहेका छन् भने २ नाल बेसाबुत अवस्थामा रहेको पौडेलले बताए।
यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। यसअघि केही दिन अघि सोही वडाको खोजीपुर सामुदायिक वनबाट समेत ६ नाल भरुवा बन्दुक फेला परेको थियो।
प्रकाशित: ३ भाद्र २०८३ १४:४३ बुधबार





