३ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

सांसद पराजुलीको प्रश्न : ४० लाख सिलिन्डर बजारमा पुग्दा पनि ग्यास अभाव किन ?

प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले बजारमा पर्याप्त मात्रामा एलपी ग्यास पठाउँदा पनि अभाव देखिनुको कारण खोजी  गर्नुपर्ने बताएका छन्। 

सांसद पराजुलीले गत वैशाखमा करिब २२ लाख सिलिन्डर मात्र बजारमा पुगेकोमा साउन महिनामा करिब ४० लाख सिलिन्डर बजारमा पुगेको भन्दै यति ठूलो परिमाणमा ग्यास बजारमा पठाउँदा पनि अभाव हुनु गम्भिर खोजीको बिषय रहेको बताए।   

‘वैशाखमा जम्माजम्मी २२ लाख सिलिन्डर बजारमा पुगेकोमा अहिले साउनमा ४० लाख सिलिन्डर बजारमा पुगेका छन्। तर पनि ग्यास अभाव भयो भन्ने कुरा भइरहेको छ,’ उनले भने। 

उनले ग्यासको आपूर्ति बढे पनि उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था सिर्जना हुनुमा सरकारले अध्ययन गर्नुपर्ने बताए। 

प्रकाशित: ३ भाद्र २०८३ १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App