१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोटरी स्क्वायरमा उठाइयो हात नभएको लिंगो

परम्परा अनुसार भक्तपुरको पोटरी स्क्वायरमा मंगलबार हात नभएको लिंगो उठाइएको छ। सयौं स्थानीयले डोरीको सहायताले लिंगो उठाएका थिए। प्रत्येक वर्ष विस्केट जात्राको क्रममा वर्षको अन्तिम दिन अर्थात् यो वर्ष चैत ३१ गते यहाँं यसरी नै हात नभएको लिंगो उठाउने गरिन्छ। आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन यहाँं यसरी नै हात नभएको लिंगो उठाइने गरिन्छ। लिंगो विहान सवा एघार बजे उठाउन सफल भएका थिए।  

लिंगो उठाएको हेर्न विहानदेखि भक्तपुर नगरभरिका हजारौं नगरबासी पोटरी स्क्वायर पुगेका थिए । विहानैदेखि लिगो उठाएको हेर्न उनीहरु घण्टौ त्यहाँं रहेका थिए । उठाइएको लिंगो विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते ढालिनेछ।  

यसरी नै आजै साँंझ भक्तपुरको भेलुखेलमा ५५ हात लामो लिंगो उठाइनेछ। यो लिंगो भने उठाएको भोलिपल्टै अर्थात् वैशाख १ गते यो वर्ष बुधबार साँंझ ढालिनेछ। गुठी संस्थान भक्तपुरले जनाए अनुसार आज भेलुखेलमा नयाँं लिंगो उठाइने छ। विहानको भन्दा साँंझ उठाउने लिंगो ठूलो भएकोले त्यो लिंगो उठाएको हेर्न साँंझ लिंगो उठाउने स्थल भेलुखेलमा काठमाडौं उपत्यकाबाटसमेत गरी दसौं हजारमा मानिस भेलुखेलमा पुगेका हुन्छन्। 

प्रकाशित: ३१ चैत्र २०७७ ०६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App