१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लाकाे मुल्लीमा लागेको आगो नियन्त्रणमा

जुम्लाको तिलागाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा लागेको आगो नियन्त्रणमा आएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाले जलेर नष्ट भइसकेको बाहेक अरु घरमा आगो लाग्ने अवस्था छैन। डिएसपी थापाले भने,‘आगो लागेर जलेको बाहेक अब आगो नियन्त्रणमा आइसकेको छ। गोठ र बस्तीमा लागेको बाहेक जंगलमा आगो लागिरहेको छ।’

मुल्लीमा आगो लागेको खबर पाउने बित्तिकै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली राति १० बजे नै आगलागी स्थलमा परिचालन भइसकेको थियो। टोली ८ घण्टापछि मात्र घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।  

विहान सेटमा सम्पर्क भएको थियो। अन्नपात राखेको घर जलेर नष्ट भएको, मानवीय र चौपायको क्षति नभएको खबर प्राप्त भएको छ, डिएसपी थापाले भने,‘आगो नियन्त्रणमा आइसकेको छ। क्षतिको एकीन विवरण टिपेर मुचुल्का गर्न निर्देशन दिइएको छ।’

घटनास्थलमा फोन र सेट दुबैले काम नगर्ने भएकोले ढिलो रिपोर्ट आएको छ। तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बस्ती नै जलेपछि गाउँ शोकाकुल बनेको बताए। उनले भने,‘बस्ती जलेर खरानी भइसकेको छ। अब सबै सरकारले राहत र उद्वारका कार्यमा सहयोग गर्नुपर्छ।’

बस्तीमा पानीको अभाव भएकोले आगो निभाउन सकिएको थिएन। आगो निभाउनका लागि माटो प्रयोग गरिएको थियो। ढिपु गाउँदेखि झण्डै डेढ घण्टाको बाटो हिँडेर मुल्लीमा पुगिन्छ।

प्रकाशित: २२ चैत्र २०७७ ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App