१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

हावाहुरीले घर तथा विद्यालयमा क्षती

हावाहुरीले उडाएकाे राजापानी आहालेका सुवास कार्कीको घर। तस्बिर: नागरिक

वर्षासँगै चलेको हावाहुरीले खोटाङका विभिन्न स्थानमा घर तथा विद्यालयमा क्षती पुर्‍याएको छ। मंगलबार राति वर्षासँगै हावाहुरी चल्दा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी आहालेका सुवास कार्कीको घरको जस्ताको छाना र तलामा राखेको धान र कोदो समेत उँडाएको छ।

कार्कीको घरको जस्ता हावाहुरीले उँडाएर टाढा–टाढा पुर्‍याएर पाखामा छरपस्ट बनेको युवा नेता किसन भुजेलले जानकारी दिए। कार्कीको ढुंगा माटोले बनेको तीन तले घरको सिरान तलामा राखिएको १५ मुरी धान र ५ मुरी कोदो पनि हावाहुरीले उँडाएको प्रहरीले जनाएको छ।  

यस्तै, हावाहुरीले ढालेको उत्तिसको रुखले किच्दा दिप्रुङचुईचुम्मा गाउँपालिका–१ याम्खाका निरबहादुर गुरुङको टायलले छाएको घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सागर शाहले बताए। ढलेको रुखले किच्दा गुरुङको घरको करिब २२० वटा टायल खसेको छ।

यस्तै, हावाहुरीले दिप्रुङचुईचुम्मा गाउँपालिका–१ याम्खास्थित महेन्द्रोद्धय माबिको एक दर्जन जस्ता उँडाएको जानकारी आएको प्रहरी निरिक्षक शाहले बताए। सोही हावाहुरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा ट्राफिक प्रहरीका लागि राखिएको सिसि क्यामेरा बिगारेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ चैत्र २०७७ ०२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App