१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

खोटाङमा खेल मैदान बन्दै

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा पदमध्वज राई खेल मैदान बनाउन डिपिआरको काम सुरु गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ मा वडा कार्यालयबाट विनियोजन गरिएको ४ लाख ५० हजार रुपैयाँबाट निर्माण सुरु गरिएको खेलमैदानलाई स्टेडियम सहितको सुविधा सम्पन्न बनाउने गरी डिपिआरको काम सुरु गरिएको हो। 

निःशुल्क प्राप्त भएको २५ रोपनी क्षेत्रफल भित्र १२० मिटर लम्बाई र ८० मिटर चौंडाई भएको व्यवस्थित बहुउद्देश्यीय खेल मैदान निर्माणका लागि अहिले डिपिआरको काम सुरु गरिएको बाम्राङ युवा क्लवका अध्यक्ष किर्तमान राईले बताए। आगामी वैसाखसम्ममा सम्पन्न गर्नेगरी इनोभेटिभ बिल्डर्सले खेलमैदानको डिपिआरको काम सुरु गरेको हो।  

स्वर्गीय पदमध्वज राईको परिवारले खेलकुद विकास समिति बाम्राङलाई २५ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि खेलमैदान निर्माण सुरु गरिएको थियो। खेल मैदानका लागि थप जग्गा जुटाउन दिलबहादुर राईको संयोजकत्वमा तीन सदस्यीय जग्गा व्यावस्थापन समिति गठन गरिएको छ। खेलकुदको व्यवसायिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ स्थानीयको सहकार्यमा बहुउद्देश्यीय खेल मैदान निर्माण सुरु गरिएको क्लबका अध्यक्ष राईले बताए। आफ्नो गाउँमा खेल मैदान निर्माणका क्रममा स्थानीयले २ लाख बराबरको श्रमदान गरिसकेका छन्।  

कोभिड–१९ को महामारीका कारण शिलान्यास नगरी खेलमैदान निर्माणको काम थालिएको थियो। पछिल्लो समय वडा–वडामा खेलमैदान निर्माण गर्ने हाड चलिरहेका बेला बाम्राङमा पनि खेल मैदान निर्माणको काम सुरु गरिएको हो। खेलमैदान निर्माणको काम सकिए पछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत जिल्लाका विभिन्न खेलकुद गतिविधि सञ्चालनका लागि सहज हुने दाबी गरिएको छ।

प्रकाशित: १८ चैत्र २०७७ ०३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App