२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

देशभर विपद्का घटनाबाट ४९ जनाको मृत्यु, २० घाइते

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४९ जनाको मृत्यु भएको छ। बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी २० जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। विपद्का घटनामा परी ७ जना बेपत्ता भएका छन्। बाढीपहिरोबाट इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु र ७ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।

यस्तै बाढीपहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीनको मृयु भएको छ भने रसुवामा चार र काठमाडौंमा एक जना बेपत्ता भएका छन्।

पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। 

प्रकाशित: १९ आश्विन २०८२ १४:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App