१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भागरथी हत्या प्रकरण : एक महिना पछि दिनेशले बोली फेरे

दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षिया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा पुर्पक्षका लागी बालसुधार गृहमा राखिएका किशोर दिनेश भट्टले १ महिना पछि आएर बयान फेरेका छन् । 

दिनेशले भागरथीको हत्या आफूले नगरेको र हत्या गर्ने दुई जनाले धम्की दिएकाले त्यतीबेला हत्या गरेको बयान दिएको छोराले आफूलाई भनेको उनका वुवा दिपक भट्टले बताएका छन । कंचनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको घटनाको झभल्को दिने गरि भएको भागरथीको हत्याको रहस्य दुई सातासम्म खुल्न नसक्दा सुदूरपश्चिमका ९ वटै जिल्लामा निरन्तर प्रदर्शन भएका थिए । निर्मलाको घटनामा आलोचना खेपेको प्रहरीले भागरथीको घटना शुरुदेखि नै गंभिरतापूर्वक लिएर अनुसन्धान गरेको थियो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख नेपाल प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदी आफै दोगदाकेदारमा गएर अनुसन्धानमा जुटे । घटनाको दुई साता पछि फागुन ४ गते भागरथीको गाउँका भाई पर्ने १७ वर्षिय किशोर दिनेशले हत्या गरेको भनेर प्रहरी पक्राउ गर्यो । शुरुमा दिनेशले हत्या गरेको बिश्वास नमानेर  अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडानमा रहेका पीडित आफन्तले शव बुझ्न मानेका थिएनन् । सरकारी वकिलसँग दिनेशले वुवाकै उपस्थितीमा आफूले बलात्कार पछि हत्या गरेको बयान दिएपछि भने भागरथीका आफन्तले न्याय पाएको भन्दै शव बुझेर १७ दिनमा अन्तिम संस्कार गरेका थिए ।  

१८ वर्षभन्दा कम उमेर भएकाले अदालतले दिनेशलाई पुर्पक्षका लागी बालसुधार गृह दिपायल पठाएको थियो । बालसुधार गृहमा रहेका दिनेशले पक्राउ परेको एक महिना पछि बयान बदल्दा भागरथी हत्याले फेरी चर्चा पाएको छ । दिनेशले बयान बदलेपछि उनका वुवा दिपकले आफ्नो छोरा ‘निर्दोष’ रहेको बताएका छन । गाउँपालिकाकै एक कर्मचारी र आफूले नचिनेको अर्को एक जनाले भागरथीको बलात्कार पछि हत्या गरेको आफूले देखेको छोराको भनाई उदृत गर्दै वुृवा दिपकले बताए । टेलिफोन गरेर आफूले हत्या नगरेको भनेपछि दिपायल पुगेर छोरोलाई भेटेर सवै कुरा सोधको उनी बताउँछन । टेलिफोन गरेर आफूले हत्या नगरेको भनेपछि दिपायल पुगेर छोरोलाई भेटेर सवै कुरा सोधको उनी बताउँछन ।‘भागरथीको हत्या गर्नेले मेरो घाँटीमा चक्कु लगाएर अरुलाई भनेमा तिमी, तिम्रो वुवा र तिम्रो भाइलाई मारिदिन्छु भनेकाले डरले मैले हत्या गरेको हुँ भनेर बयान दिएको हुँ भनेर छोरोले मलाई भनेको छ’दिपकले भने ।  

दिनेशले अहिले भनेका कर्मचारीलाई प्रहरीले त्यतीवेला केहि दिन हिरासतमा राखेर सोधपुछ गरेको थियो । ती कर्माचारीको संलग्नता पुष्टि नभएको प्रहरी श्रोतले बताएको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मुकेश सिंहलेले सजायँबाट उन्मुक्ती पाउनका लागी अपराधीले बिभिन्न कोशिस गर्ने गरेको र दिनेशको अहिले बाहिर आएको कुरा पनि सजायवाट बच्नका लागी रहेको बताएका छन ।‘त्यतीवेला प्रहरी, सरकारी वकिल, वुवा, समाज, अदालत सवैतिर उसले अपराध स्विकारेको हो, बयान मात्र नभई तथ्य, प्रमाण र आधारवाट पनि पुष्टि भएको हो’उनले भने । माघ २१ गते भागरथी बिद्यालयवाट घर फर्किनन् ।  

भागरथी घर नआएपछि खोजी गर्दा दोश्रो दिन माघ २२ गते लवलेक सामुदायिक बनमा वाटोवाट करिव ५० मिटर तल उनको शव फेला परेको थियो ।  

प्रकाशित: ९ चैत्र २०७७ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App