१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बारामा दुई सातादेखि हराएको बालकको शव बरामद

शव बरामद गरिएको स्थानमा अनुसन्धान गर्दै बारा प्रहरी

जिल्ला प्रहरी कार्यालय बाराले बेवारिसे अवस्थामा एक बालकको शव शुक्रबार जीतपुरसिमरा उपमहानगरपालिका १० बेहरा टोलबाट  बरामद गरेको छ ।  बरामद गरिएको शव जीतपुरसिमरा उपमहानगरपालिका २३ भलुही नितनपुरका सहित हुसेनका १४ वर्षका छोरा सहिद हुसेनका भएको बारा प्रहरीले जनाएको छ ।

बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले शवको केही भागहरु कुहिएकोले शवबाट ती बालकको पहिचान गर्न मुस्किल भए पछि हराएको सहिद हुसेनका बुबासँग शवलाई पहिचान गराइएको बताएका छन्।

फागुन ११ गते देखि छोरो हराएको भनी जाकिर हुसेनले हराएको छोरोलाई खोजतलाश गरि दिनको लागि ईलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएको थिए।

बिहान खेतमा काम गर्न गएकाहरुका लागि खाना लिएर खेतमा जाने क्रममा एक स्थानीय महिलाले उक्त शवलाई देखेर गाउँलेहरुलाई जानकारी गराएका थिए ।

फुलबारीको छेउमा रहेको छाईंमा फालिएको अवस्था भेटिएको उक्त शव लगभग गलिसकेको अवस्थामा बरामत गरिएको छ । शव फेला परेको सहिदको मृत्यु कुन कारणले भएको त्यो अहिले खुल्न नसके पनि उनको हत्या नै गरिएको हुन सकिने अशंका बारा प्रहरीको अधिकारीहरुले गरेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७७ १२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App