१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरिदैँ

नेपालस्थित अमेरिकी दूतावासले मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने जानकारी गराएको छ।  

तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले जनाएको छ।  

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी मुस्कानलाई पुरस्कार हस्तान्तरण गर्नेछन्।

हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ।

प्रकाशित: २१ फाल्गुन २०७७ ०३:२३ शुक्रबार

मुस्कान खातुन अमेरिकी दूतावास अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान आईडब्ल्यूओसी) पुरस्कार अमेरिकी प्रथम महिला जिल बाइडन