२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ब्राउन सुगरसहित चारजना पक्राउ

प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई सदरमुकामबाट पक्राउ गरेको छ। लागूऔषध प्रयोग भइरहेको छ भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले इलाम नगरपालिका–७, फूलगाछीबाट चारैजनालाई पक्राउ गरेको हो।  

पक्राउ पर्नेमा इलाम सूर्याेदय नगरपालिका–१० का २३ वर्षे दियोग राई, देउमाई नगरपालिका–४ का १८ वर्षे प्रवेश तिरुवा, इलाम नगरपालिका–५ का ३५ वर्षे युगेश राई र पाँचथरको फिदिम नगरपालिका–१० का अनिल लिम्बू छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले पक्राउ परेका चारैजना लागूऔषध प्रयोगकर्ता र कारोबारी नै रहेको बताए। ‘उनीहरूको साथबाट ७ सय ५० मिलिग्राम ब्राउनसुगरसमेत फेला परेको छ,’ डिएसपी सुवेदीले भने, ‘उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान हुँदैछ।’

प्रकाशित: १८ फाल्गुन २०७७ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App