१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सिन्धुलीको घ्यालेख गाउँपालिकामा धुम्रपान मध्यपान सेवनमा निषेध

सिन्धुलीको घ्यालेख गाउँपालिलाई मदिरा तथा सुतिजन्य बस्तु सेवनमा निषेध गरिने भएको छ। धुम्रपान तथा मद्यपानले समाजका युवापंक्तिमा विकृति आउन थालेपछि स्थानीय सरकार आफैले धुम्रपान मद्यपान निधेष गरि समाज सुधारको अभियान थालेको हो।  

गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका जनप्रतिनिधिले पूर्ण रुपमा निषेध गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एकबहादुर खड्काले जानकारी दिए। 'हाम्रो गाउँपालिका भित्रका कर्मचारी तथा जनप्रतिनिधिले सुर्ति खैनि मद्यपान धुम्रपान परित्याग गर्ने निर्णय भएको छ,' प्रवक्ता खड्काले भने, 'यो सम्भवत ऐतिहासिक निर्णय हो।' कर्मचारी तथा जनप्रतिनिधिहरुले कार्यालय समयमा मात्रै नभएर पूर्ण रुपमा त्यस्तो बस्तु सेवन नगर्ने निर्णय गरेका हुन्। समाज सुधार गर्न पहिले आफूहरुबाटै सुरु गर्नुपर्ने भएकाले जनप्रतिनिधिहरुले यस्तो निर्णय गरेको उनिहरुले बताएका छन्। गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीले सेवन नगर्ने निर्णय भएसँगै गाउँपालिका कार्यालय आसपासका पसल तथा खुल्ला स्थानमा धुम्रपान सेवन बन्द भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताए। 'कसैले चर्पीमा वा अन्य स्थानमा बसेर खान्छ भने हाम्रो केहि लाग्दैन तर खुल्ला स्थानमा र घरपरिवारमा अब कर्मचारीले र जनप्रतिनिधिले नखाने निर्णय भएको छ,' उनले भने, 'हामी यसलाई कडाइका साथ लागु गर्छौ।'  

उनले गाउँपालिकाले पालिकामा आउने सेवाग्राहीलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यले टोकन प्रणाली समेत लागु गरेको बताए। 

'घ्याङलेख गाउँपालिकाले सेवाग्राहीलाई मध्यनजर राख्दै फाल्गुण ११ गतेबाट टोकन प्रणाली मार्फत सेवा प्रवाह गर्न सुरु गरेको छ,' गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले भने। 

प्रकाशित: १५ फाल्गुन २०७७ ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App