१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

साइकल चढ्नेलाई २५ प्रतिशत मासिक शुल्क छुट

वीरेन्द्रनगरस्थित शिद्धपाइला क्याम्पसले साइकल चढेर पढ्न आउने विद्यार्थीलाई मासिक शुल्कमा २५ प्रतिशत छुट दिने गरेको छ । क्याम्पस प्रमुख उपेन्द्र सुवेदीले साइकलको प्रयोगबाट विद्यार्थी शारिरिक तथा मानसिक रुपमा स्वस्थ हुनुका साथै आर्थिक बचत हुने भएकाले साइकल चढ्ने बानीको विकास गर्न मासिक शुल्कमा छुट दिने गरिएको बताए ।

‘साइकल चढ्दाका फाइदाहरु धेरै भएकाले यसतर्फ विद्यार्थीलाई आकर्षित गर्नका लागि क्याम्पसले मासिक शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय गरेको हो,’ उनले भने, ‘विद्यार्थीहरु शारिरिक तथा मानसिक रुपमा स्वस्थ हुनुका साथै वातावरणमा पनि सकारात्मक प्रभाव पर्छ ।’

क्याम्पस प्रमुख सुवेदीका अनुसार साइकलको प्रयोगबाट विद्यार्थीको दैनिक भाडावापतको रकम बचत हुन्छ । मोटरसाइकल तथा स्कुटर चलाउँदा लाग्ने खर्चको पनि बचत हुन्छ । वातावरणमा सकारात्मक प्रभाव पर्छ । ‘एकातर्फ मासिक शुल्कमा छुट र अर्कोतर्फ क्याम्पस आउँदा–जाँदा लाग्ने भाडा र तेलको बचतले अभिभावकलाई आर्थिक भार काम पर्छ,’ उनले भने, ‘अर्कोतर्फ वातावरणलाई स्वच्छ राख्न पनि यसले सघाउ पु¥याउँछ ।’

प्रकाशित: १४ फाल्गुन २०७७ ०६:४४ शुक्रबार

मासिक शुल्क साइकल शिद्धपाइला क्याम्पस