५ असार २०८१ बुधबार
image/svg+xml
समाज

घुससहित औषधि विभागका अधिकृत पक्राउ

कुर्सीमा बसेका घुस रकमसहित पक्राउ परेका औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदी।तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगरको एक होटलबाट बिहीबार घुसवापतको रकमसहित एक जना अधिकृत पक्राउ परेका छन्। इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृतलाई रकमसहित पक्राउ गरेको हो।  

विराटनगर–३ स्थित दूध फारम अगाडिको भट्टराई होटलबाट २४ वर्षीय अधिकृत सरोज सुवेदीलाई घुसवापत लिएको २ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता पुरुषोत्तम ढकालले जानकारी दिए। करारमा कार्यरत सुवेदीलाई ४ बजेतिर अख्तियारको टोलीले होटलबाट घुस रकम लिँदै गर्दा पक्राउ गरेको हो। उनले तेह्रथुमका एक औषधि पसल सञ्चालकसँग घुस रकम माग गरेको थाहा पाएपछि अख्तियारको टोली नियन्त्रणमा लिएको जनाएको छ।

तेह्रथुमको मेन्छ्याम गाउँपालिका–५ स्थित समृद्धि फर्मा नामको औषधि पसलका सञ्चालकसँग घुस लिँदै गर्दा पक्राउ परेका हुन्। उक्त पसलमा उपचार गराएका एक जना पुरुषको वैशाख ५ गते मृत्यु भएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरी उपचारको कसुरमा मुद्दा चलाएको थियो।  

जिल्ला सरकारी वकिल कार्यालय तेह्रथुमले औषधि व्यवस्था विभागसँग मुद्दासँग सम्बन्धित राय मागेपछि पक्राउ परे सुवेदीले पसल सञ्चालकसँग घुस माग्न थालेको बताइएको छ। भदौ ५ गते औषधि पसल गर्दै पसलको चाबी आफूले राखी सञ्चालकलाई विभागले तारेखमा राखेको थियो।  

पसल पनि खुला गरिदिने, सरकारी वकिल कार्यालयले मुद्दाका लागि राय माग गरेको र जेल नपर्ने हिसाबले मिलाइदिने भन्दै विभागका कर्मचारीले घुसको बार्गेनिङ गरी २ लाख रुपैयाँमा कुरा मिलेको बताइएको छ।  

प्रकाशित: १३ फाल्गुन २०७७ १३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App