१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

फरार थुनुवा पक्राउ

सोमबार विराटनगरस्थित मोरङ जिल्ला अदालत परिषरबाट फरार भएकामध्ये एक जना थुनुवा पुनः पक्राउ परेका छन्। अदालत परिषरबाट प्रहरीलाई झुक्याएर लागुऔषध मुद्दाका दुई जना थुनुवा फरार भएका थिए।  

खाजा खाने बहाना बनाएर अदालत परिषरभित्रै रहेकको क्यान्टिनबाट फरार भएका थिए। कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुराज भनिने मनराज शेख पक्राउ परेका छन् भने झापाको विर्तामोडा नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी अझै फरार रहेको मोरङ प्रहरीले जनाएको छ।  

दुवै जनालाई लागुऔषध मुद्दामा थप अनुसन्धानका लागि अदालतबाट पाँच–पाँच दिनको म्याद थप भएपछि खाजा खाने बहाना बनाएर प्रहरीलाई झुक्याएर फरार भएका थिए। पक्राउ परेका शेखलाई भारतको अररियास्थित डुमरियाबाट बुधबार बिहान ३ बजेतिर पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ। शेखको हातमा हतकडी नभएको र अर्का चौधरी हतकडीसहित फरार भएका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले फरार भएका थुनुवाको खोजी गर्दै जाँदा भारतमा लुकिछिपी रहेको अवस्थामा मनराज शेखलाई पक्राउ गरेको हो। अर्का थुनुवाको पनि खोजी कार्य प्रवक्ता राईले बताए। शेख दुई महिना अघि लागुऔषधसहित पक्राउ परे पनि छुटेका थिए। उनी छुटेसँगै पुनःलागुऔषध कारोबारमा लागेको प्रहरीले जनाएको छ।  

शेख कटहरीबाट ब्राउन सुगर र तौलने मेसिनसहित र चौधरी विराटनगरस्थित बरगाछीबाट अन्य प्रकृतिका लागुऔषधसहित आइतबार पक्राउ परेका थिए।

प्रहरीको विशेष टोलील मोरङको जहदा गाउँपालिको डुमरिया नाकादेखि करिब दुई किलोमिटर दक्षिण भारतमा शेख गाउँको दिदी पर्नेको घरबाट पक्राउ परे। भारतीय प्रहरीको समन्वयमा शेखलाई पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App