३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

क्यानको जिल्ला शाखा अध्यक्षमा बजिमय

अतिथिसँग क्यानका नवनिर्वाचित पदाधिकारी । तस्बिर : नागरिक

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा खोटाङको अध्यक्षमा मनोज बजिमय चयन भएका छन् । क्यानको बिहिबार दिक्तेलस्थित श्रेष्ठ होटलमा भएको प्रथम साधारणसभा तथा जिल्ला अधिबेशनबाट बजिमय सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । ७ सदस्यीय क्यानको उपाध्यक्षमा कुमार बजिमय, सचिवमा अजय बस्नेत, सह–सचिवमा गोपाल आचार्य र कोषाध्यक्षमा बिमला राई चयन भएका छन् । उषा बस्नेत र विनोद बस्नेत सदस्य चयन भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखाले जनाएको छ ।  

केही समयअघि बजिमयकै संयोजकत्वमा बनेको ५ सदस्यीय तदर्थ समितिलाई साधारणसभा तथा अधिबेशनमार्फत विघटन गरेर नयाँ कार्य समिति निर्माण गरिएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) प्रदेश नम्बर १ का अध्यक्ष भवकृष्ण तिम्सिना र क्यानका केन्द्रीय सचिव ठाकुर श्रेष्ठको उपस्थितिमा जिल्ला शाखाको साधारणसभा तथा अधिबेशन सम्पन्न भएको हो । क्यानले सात वटै प्रदेशमा शाखा तथा ५८ जिल्लामा शाखा विस्तार गरिसकेको जानकारी दिइएको छ । क्यानको प्रथम साधारण सभा तथा जिल्ला अधिबेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले उद्घाटन गरेका थिए ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App