२४ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्वार

प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमानाका डोकेबजारबाट आज उद्वार गरिएको छ।  

कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका–१ कौवापुर बस्ने प्रेम लुहारकी श्रीमती ३२ वर्षीया सीता लुहारलाई ललाइफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उद्वार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।  

उनका अनुसार उद्वार गरिएकी महिलासहित डगौरालाई आवश्यक कारवाहीका लागि प्रहरीचौकी त्रिनगरमा बुझाइएको छ।

प्रकाशित: ६ फाल्गुन २०७७ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App