२ असार २०८१ आइतबार
image/svg+xml
समाज

हराइरहेका हेमराजको शव राप्तीसोनारीको जंगलमा फेला

राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षका हेमराज खत्री मृत अवस्थामा फेला परेका छन्। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टडुवाको जंगलमा शव फेला परेको हो। खत्री माघ १४ गतेबाट सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। टडुवा गाउँका स्थानीय महिलाहरु घाँस काट्न जंगल गएका बेला बेवारिसे मोटरसाइकल देखेपछि नजिकैको प्रहरीमा खबर गरेका थिए।  

प्रहरी पुगेर मोटरसाइकल स्थल वरिपरि खोजेपछि खत्रीको शव नजिकै फेला परेको ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारुले जानकारी दिए। शवको अवस्था हेर्दा करिव ८/१० दिन अगाडी मृत्यु भएको हुन सक्ने उनले बताए। 'शव कुहिन लागेको अवस्थामा छ, अनुहार पुरै कालो भएको छ,' इन्चार्ज थारुले भने। खत्रीको शव फेला परेपछि परिवारलाई खबर गरिएको चौधरीले जानकारी दिए।  

मृतक खत्रीकी पत्नी कल्पना ओलीले दुई दिनअघि मात्र नेपालगन्जमा पत्रकार भेटघाट गर्दै आफ्ना पति हेमराजको परस्त्रीसंग सम्बन्ध रहेको र सोही कारणले पटक-पटक घरमा विवाद उत्पन्न भएको बताएकी थिइन्। आफ्नो पतिलाई प्रेमिकाले नै बन्धक बनाएर राखेको हुन सक्ने उनको आशंका थियो।

प्रकाशित: १ फाल्गुन २०७७ ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App