१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश राजधानीमा बन्दै आधुनिक डम्पिङ साइट

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बन्दै गरेको आधुनिक डम्पिङ साइट । तस्बिरः गणेश/नागरिक

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरभित्र फोहोर व्यवस्थापन हुन नसक्दा दुर्गन्धित र फोहोर देखिन्छ । प्राकृतिक सुन्दरताले भरिएको वीरेन्द्रनगर घर र पसलबाट निस्कने फोहोर यत्रतत्र फाल्दा राजधानी कूरुप मात्र भएको छैन प्रदेश बाहिरबाट आउने जो कोहीलाई पनि नकारात्मक सन्देश दिएको छ । कर्णाली प्रदेश भित्रिने मुख्य नाका सुब्बाकुना नजिकैको राजमार्ग छेउमा छरिएर फालिएको फोहोर देख्दा वीरेन्द्रनगर मात्र होइन सिंगो कर्णालीको फोहोर व्यवस्थापनको चित्र प्रस्तुत गर्छ ।

यसलाई वीरेन्द्रनगर नगरपालिकाले व्यवस्थित गर्ने कार्ययोजना अगाडि सारेको छ । जसले प्रदेश राजधानी सफा सुन्दर मात्र होइन, फोहोरबाट आर्थिक लाभ लिन र धेरैलाई रोजगारी सिर्जना गर्ने छ । सहर सरसफाइ योजना बनाइसकेको नगरले अहिले वडास्तरमा फोहोर व्यवस्थापन कार्यविधि निर्माण गर्न थालेको छ । नगरपालिकाले दिशाजन्य लेदो तथा ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माण गर्न लागेको छ । वीरेन्द्रनगर–१, स्थित तारेभिरमा रहेको अस्थायी ‘डम्पिङ साइड’ लाई व्यवस्थित गरी उक्त केन्द्र निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । सहरमा जनघनत्व बढ्दै जाँदा फोहोर पनि बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन फोहोर व्यवस्थापनका लागि दिशाजन्य लेदो तथा ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माण गर्न लागिएको छ ।  

अहिले दिशाजन्य लेदो र ठोस फोहोर व्यवस्थापन प्रशोधनका लागि छुट्टाछुट्टै डम्पिङ हुने छन् । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले दीर्घकालीनरुपमा दिशाजन्य लेदो तथा ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र बनाउन थाल्दा स्थानीय खुसी भएका छन् । दिशाजन्य लेदो र ठोस फोहोर व्यवस्थापन प्रशोधन केन्द्र निर्माणका लागि करिब ३४ करोड लागत लाग्ने अनुमान गरिएको छ । डम्पिङ मुख्यतय दुई किसिमको हुनेछ । एउटा दिशाजन्य लेदो व्यवस्थापन र अर्काे ठोस फोहोर व्यवस्थापन । दिशाजन्य लेदो व्यवस्थापन भनेको शौचालयको सेफ्टिट्याङकीको फोहोरलाई लिएर राखिने छ । ‘सेफ्टिट्याङ्कीबाट दिशाजन्य लेदो यहाँ ल्याइन्छ,’ प्राविधिक सहयोग नेदरल्याण्ड विकास नियोक (एसएनभी नेपाल) का वास एड्भाइजर लेकविक्रम शाहले भने, ‘त्यसबाट प्रशोधन गरेर अर्गानिक मल बनाउने योजना छ ।’ कुहिएर जाने ठोस फोहोरलाई पनि प्रशोधन गरेर आयआर्जन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार दिशाजन्य लेदो दैनिक पाँच ट्रक र ठोस फोहोर दैनिक ६ मेट्रिक टन अटाउन सक्ने गरी निर्माण गरिएको छ ।

यसका लागि क्रमगतरुपमा काम भइरहेको उनको भनाइ छ । डम्पिङ साइड निर्माण भइसकेपछि बजारको फोहोर व्यवस्थापनमा सहज हुने वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए । ‘अहिले भएको साँघुरो हुँदा समस्या भएको छ,’ उनले भने, ‘यो योजना हामीले दीर्घकालीनरुपमा सोचेर बनाएका छौं ।’ नगरपालिकाको उक्त योजनामा नेदरल्याण्ड विकास नियोक (एसएनभी नेपाल) ले प्राविधिक सहयोग गरेको छ ।

प्रकाशित: ३० माघ २०७७ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App