२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

ललितपुर महानगरको बजेट नगर सभाबाट पारित

ललितपुर महानगरपालिकाको नगर सभाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोडको बजेट पारित गरेको छ।

असार १० गते महानगरकी उपप्रमुख मञ्जली शाक्यले नगर सभामा प्रस्तुत गरेको बजेट सोमबार बसेको नगर सभाले बैठकले पारित गरेको हो।

महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईँले आर्थिक वर्ष २०८१ /२०८२ का लागि बजेट पारित गरेको जानकारी दिए।

महानगरको नीति तथा कार्यक्रम यस अघिको बैठकले पारित गरेको उनले बताए। महानगरका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ।

महानगर प्रमुख चिरीबाबु महर्जनले बजेटमा व्यापक छलफल गरी पारित गरेको बताए। उनले भने , ‘चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढंगबाट छलफल गर्‍यौँ।’

महानगर प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षमा महानगरले वातावरण संरक्षण, हरियाली संरक्षण, सम्पदा संरक्षणलाई प्राथमिकता दिएको जानकारी दिए।

प्रकाशित: १७ असार २०८१ २३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App