१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घरबाटै अढाइ वर्षे बालक अपहरित

सिरहाका अढाई वर्षे बालक घरबाटै अपहरणमा परेका छन्। प्रियान्सु यादव मंगलबार अँगनमा खेलिरहेका बेला अपरिचित समूहको अपहरणमा परेका हुन्। सिराहा नगरपालिका–१ बस्ने प्रदीप यादवका छोरा इशान्त भन्ने प्रियान्सु यादवलाई अपरिचित व्यक्तिले मंगलबार साँझ साढे ७ बजे घरबाटै अपहरण गरेको परिवारजनले बताएका छन।

घरको आँगनमा खेलिरहेका उनलाई अपरिचित पुरुषले काखमा लिएर घर अगाडिको सडकतर्फ गएको बालककी आमा संगीताले बताइन्। अरूबेला छरछिमेकीले खेल्न लैजाने गरेकाले हराएको हो वा साच्चिकै अपहरण गरिएको भन्ने खोजी भइरहेको सिरहाका एसपी सुदीपराज भण्डरीले बताए। प्रहरीले उनको खोजी गरिहेको बताएको छ।  

बालक अपहरण भएको स्थान नगर प्रहरी कार्यालय सिरहाबाट २ सय मिटर र जिल्ला प्रहरी कार्यालयबाट पाँच सय मिटर दूरीमा छ। सिरहामा अपराधको सिलसिला बढ्दो छ। यस जिल्लामा प्रदेश २ मै सबैभन्दा बढी अपहराधका घटना घटेको विवरण छ।

प्रकाशित: २२ माघ २०७७ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App