coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

संघीय योजना कार्यन्वयनमा समस्या ः पूर्वाधार मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले संघीय सरकारबाट हस्तान्तरण भएका योजना कार्यन्वयनमा चूनौती भएको बताएका छन् । सडक, मोटरेबल पक्की पुल लगायत पूर्वाधार प्रदेश संरचना हुनु अघि संघीय सरकार मातहतका कार्यालयले संचालन गरेकोमा अधुरै रहेकोमा ती योजना पुरा हुन नसकेको उनले बताए ।

‘गोरखामा पनि संघीय सरकारबाट हामीलाई हस्तान्तरण भएका तीनवटा पुलको निर्माण ढिलो भएको छ’ आईतवार गोरखामा आयोजित पत्रकार भेटघाटमा उनले भने ‘यो समस्या गण्डकी प्रदेशभरी छ ।’ मोटरेबल पक्की पुलमा धेरै समस्या रहेको उनले बताए ।  तिब्बतसँग जोडिएको उत्तरी गोरखाको रुईला नाका खोल्ने प्रक्रिया अघि बढिरहेको बताउँदै उनले प्रधानमन्त्री कार्यालयबाट परराष्ट्र मन्त्रालयमा पत्र पुगेको र परराष्ट्रले तिब्बत सरकारलाई पत्र पठाएपछि मात्रै नाका खोलिने बताए । ‘एकवर्षभित्रै नाका खोल्छौं भनेका थियौं, तर यो प्रक्रिया लामो रहेछ, हामीले मात्र चाहेर नहुने भएकाले तेस्रोवर्ष सम्म लाग्यो’ मन्त्री बस्नेतले भने ।  

केही दिनदेखि गोरखाको बिभिन्न पालिकामा संचालित विकास निर्माणका योजनाको अनुगमनमा रहेका मन्त्री बस्नेतले विकास निर्माणका काम सन्तोष मान्ने गरी अघि बढेको दावी गरे । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै नेतृत्व रहने मन्त्री बस्नेतले बताए । ‘गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव स्विकृत हुँदैन,’ उनले भने ‘हाम्रो प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै नेतृत्व रहन्छ ।’ गोरखामा नेकपाको ओली पक्षधरहरुको भेला तथा प्रशिक्षण कार्यक्रममा पनि मन्त्री बस्नेत निरन्तर सहभागी छन् । 

प्रकाशित: १८ माघ २०७७ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App