१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

माटाका भाँडा फुटाएर मनाइयो पर्व

फाइल तस्बिर

घरघरमा भएका माटाका पुराना भाँडाकुँडा बाटाचौबाटामा लगेर फुटाउन लाने भनेको सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर बिहीबार भक्तपुरमा यस्तै गरेर एउटा विशेष पर्व मनाइयो। यस पर्वलाई स्थानीय नेपाल भाषामा छ्याला पुन्ही (पूर्णिमा)वा मिला पुन्ही (पूर्णिमा) भनिन्छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन यो पर्व मनाइन्छ। यस दिन घरघरबाट स्थानीयले नजिकको चोकमा पुराना काम नलाग्ने चर्किएका फुटेका माटाका भाँडा फुटाउन लाने चलन छ।  

पर्वका कुनै अरू जात्रापर्वमा जस्तै कुनै भोजभतेर चल्दैन। सामान्य दिनमा जस्तै बिहानबेलुकी दालभात नै खाने गरिन्छ। जात्राप्रेमी कृष्ण प्रजापति अरू सबै पर्वमा भोज खाने, बाजागाजा बजाएर रमाइलो गर्ने परम्परा रहे पनि यो पर्वमा बिहानै चोकचोकमा घरमा रहेका माटाका भाडाकुँडा फाल्न लानेबाहेक केही नहुने बताउँछन्।

पर्वका दिन भोजभतेर केही पनि गर्ने चलन नरहेको उनको भनाइ छ। परम्पराअनुसार एकाबिहानै विशेष गरेर महिलाहरूले घरमा काम नलाग्ने घ्याप्पो, घैंटो, फिल्टर, कप, बाटा,तपेसलगायत माटाका पुराना भाँडाकुँडा घरनजिकैको चोकमा लगेर फुटाउन लगिन्छ।  स्थानीयका अनुसार भक्तपुरमा मनाइने पर्व दुईथरीका हुन्छन्।

एउटा भोज खाने र अर्को नखाने। उनीहरूका अनुसार छ्याला पुन्हीको दिन कुनै पनि घरमा भोजको परिकार पाक्दैन र खाँंदैनन् पनि। मात्रै भाँडा फुटाउन लगेर पर्व मनाइन्छ। कला संस्कृति भजन महागुथीका संस्थापक अध्यक्ष संस्कृतिविद् डा.इन्दुल केसीका अनुसार विशेष गरी नेवार समुदाय माटाका भाँडा वर्षमा एकपटक फाल्न लाने र एकपटक भित्र्याउने परम्परा छ।

प्रकाशित: १६ माघ २०७७ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App