३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश १ मा कोभिडविरुद्धको खोप आयो

प्रदेश १ का लागि कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप सोमबार विराटनगर आइपुगेको छ। प्रदेश १ को स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ का १४ र प्रदेश २ का सिरहा र सप्तरी जिल्लाका लागि १० डोज ९ हजार ६ सय भायल मात्रा खोप आइपुगेको छ।  

प्रदेश १ का १४ जिल्लाका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८ सय ५१ जना र १४ वटै जिल्लाका ७ सय २५ सरसफाइ कर्मचारी गरी ३५ हजार ५ सय ७६ जनालाई खोप लगाइने भएको छ। सोमबारनै सुनसरी र मोरङले खोप बुझिसकेको र अन्य जिल्लामा मंगलबार पठाइने प्रशासकीय अधिकृत पराजुलीले जानकारी दिए ।

ताप्लेजुङका १४ हजार ३, धनकुटाका ८ सय ३१, उदयपुरका १ हजार २ सय ३७, भोजपुरका १ हजार १ सय ७६, मोरङका १२ हजार ५६, इलामका १ हजार ६ सय ९०, ओखलढुंगाका १ हजार ३ सय ६६, खोटाङका १ हजार ६ सय, झापाका ४ हजार ९ सय ७७, तेह्रथुमका ७ सय २३, संखुवासभाका ९ सय ४९, सोलुका ६ सय ८६, सुनसरीका ५ हजार २ सय ३३ र पाँचथरमा ९ सय २४ जना सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीलाई खोप लगाइने छ।

 

प्रकाशित: १२ माघ २०७७ १२:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App