८ वैशाख २०८१ शनिबार
समाज

भिमसेन थापा गाउँपालिकाभित्र चक्रपथ बन्दै

गोरखाको भिमसेन थापा गाउँपालिकाले झिंगटे भञ्ज्याङ्गदेखि निर्माण सुरु गरेको चक्रपथ । तस्विर ः नागरिक

सबैवडालाई गाउँपालिकाको केन्द्रसँग सहज रुपमा जोड्न गोरखाको भिमसेन थापा गाउँपालिकाले चक्रपथ निर्माण सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले चक्रपथ निर्माणका लागि सात करोड रुपैयाँ बजेट बिनियोजन गरेको थियो ।  

भिमसेन थापा गाउँपालिका –६ अश्राङ, ७ को बोर्लाङ, ८ को ऐरिभञ्ज्याङ, ४ को इत्लापोखरी चौतारा भज्याङ, ३ को सिमलाफेदसम्म उक्त सडक जोडिनेछ । वडा नम्बर २, १  र  ५ को क्षेत्र भने केही कालोपत्रे भएको छ । बाँकी खण्ड मध्यपहाडी लोकमार्गले निर्माण गरिरहेको छ ।  

‘आर्थिक वर्ष २०७५÷७६ र ०७६÷७७ मा काम हुन सकेन,’ गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले भने ‘यो वर्ष विनियोजन गरेको बजेटबाट ठेक्का लागेर काम चलिरहेको छ ।’ अहिले ३.५ किलोमिटर दूरीको सडकको नाला र चौडा बनाउने तथा स्तरोन्नती गर्ने काम भईरहेको उनले बताए । ‘ठेक्काबाट बचेको तीन करोड रुपैयाँ भन्दा बढि रकमले फेरी थप बाटो स्तरोन्नति गर्ने गरी ठेक्का गर्छौ,’ अध्यक्ष पाण्डेले भने ‘यो वर्ष वडानम्बर ८ सम्मको सडक स्तरोन्नति गर्ने लक्ष्य छ ।’ यसअघि कच्ची सडकको ट्रयाकले वडा जोडिएको भएपनि स्तरीय सडक थिएन ।  

गाउँपालिकाको योजना अनुसार  निर्माण हुने चक्रपथको लम्बाई २६ किलोमिटर दूरीको हुनेछ । यसअघि बिस्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गर्दा २४ किलोमिटरसम्म उक्त चक्रपथ निर्माण गर्न ९३ करोड ३४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । दुईकिलोमिटर सडक थप भएको र पुरै खण्ड एकैवर्षमा निर्माण गर्न नसकिने भएकाले लागत एकअर्ब रुपैयाँ भन्दा बढि लाग्ने अध्यक्ष पाण्डेले बताए ।  

‘गाउँपालिकाको एक आर्थिक वर्षको बजेट पुरै बजेट खर्चदा पनि सडक बन्दैन,’ उनले भने ‘हामीले सुरु मात्र गरेका हौं, दातृ निकाय, संघ र प्रदेश सरकारलाई योजना पठाएका छौं, सहयोगको आशा छ ।’ ठुला परियोजना संचालन गर्न माथिल्लो सरकारले स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

अहिले ठेक्का लागेको उक्त सडक कालोपत्रे गर्न लायक अवस्थाको बन्नेछ । पहिलो चरणको ठेक्का रायमािझ कन्ट्रक्सनले लिएर काम गरिरहेको छ । सर्वसाधारणलाई वडादेखि गाउँपालिका सम्म बाह«ैमास आउजाउ गर्न सजिलो हुने गरी योजना बनाइएको उनले बताए । लागतार तीनवर्ष गाउँसभाले चक्रपथका लागि बजेट बिनियोजन गरेको थियो । यसअघि दुईपटक दुई र तीन करोड रुपैयाँ बजेट बिनियोजन भएपनि काम हुन सकेन ।  

सडक निर्माणका क्रममा समस्या आउन नदिन गाउँपालिकाले बजार क्षेत्रमा सहजिकरण समिति पनि गठन गरेको छ । झिंगटे र अश्राङ टाँठीमा दुईवटा समिति छन् । निर्माण र बिस्तारका क्रममा परेका समस्या समाधान गर्ने गरी समिति गठन गरिएको गाउँपालिका उपाध्यक्ष बिनु वाग्लेले बताईन ।  

चक्रपथ निर्माण पुरा भएपछि वडाबाट एक देखि दुई घण्टामा गाउँपालिकाको केन्द्रसम्म आउन सकिने अध्यक्ष इश्वर पाण्डे बताउँछन् । ‘कतिपय वडाबाट बर्खाको बेला गाउँपालिकासम्म आउन मुस्किल पर्छ,’ उनले भने ‘चक्रपथ निर्माण भएर कालोपत्रे गर्न सक्ने हो भने बढिमा दुई घण्टामा सबै वडा पुगिन्छ, त्यहाँबाट पनि आउन सकिन्छ ।’ गाउँको उत्पादान बजारसम्म पु¥याउन र एक अर्को वडालाई जोड्न चक्रपथको योजना बनाइएको उनले बताए । गाउँपालिकाले गौरबको योजनाका रुपमा चक्रपथ निर्माणलाई अघि बढाएको जनाएको छ ।  

फोटो पनि छ ।

प्रकाशित: १२ माघ २०७७ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App