१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बोदेवरसाइन–विष्णुपुर सडकखण्डअन्तर्गत सप्तरीको बोदेवरसाइन नगरपालिका–२ स्थित जोगीयामा आज मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विष्णुपुरबाट बोदेवरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं २–०१–००१प ६४०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

सो दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार  खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भएका चौधरीको रुपनी गाउँपालिका रायपुरस्थित युनिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दुर्घटनामा परी  मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–८ का  २७ वर्षीय  सनी चौधरी र मोटरसाइलको  पछाडि सवार १८ वर्षीय दिवेश चौधरीको टाउको र शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएका छन् । घाइते दुवैका उपचार युनिक अस्पतालमा भइरहेको छ । उक्त  मोटरसाइकल इलाका प्रहरी कार्यालय बोदेवरसाइनले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

प्रकाशित: १० माघ २०७७ १२:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App