४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

वडा कार्यालय तोडफोड

गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ। बिहीबार सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन्। कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ। त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको खर्‍यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए।  

कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन्। स्मरण रहेस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर तोडफोड गर्न व्यक्ति भने पत्ता लागेको छैन। लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो। यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। रासस

प्रकाशित: ९ माघ २०७७ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App