५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

एकै दिन २५ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयले फरार रहेका २५ अभियुक्तलाई पक्राउ गरी अदालत पेश गरेको छ। उनीहरुलाई एकै दिनमा पक्राउ गरिएको हो। कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बुधबार २२ पुरुष र तीन महिलालाई पक्राउ गरी आज अदालतमा बुझाइएको हो।      

उनका अनुसार चोरी, सवारी ज्यान, लागू औषध, बहुविवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धि कसुर, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेदलगायतका मुद्दामा फरार रहेका उनीहरुलाई पक्राउ गरी अदालत पठाइएको हो। उनीहरुलाई इलाका प्रहरी कार्यालय दिव्यनगर र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो। रासस      

 

 

प्रकाशित: ८ माघ २०७७ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App